Logo

कर्पोरेट-बजार

जीडब्ल्यूएम नेपालले आकर्षक फिचरसहितको ‘हवल जोलियन’ ल्याउँदै


GDP नेपाल
   २९ भाद्र २०७८, मंगलबार


काठमाडौँ ।

जीडब्ल्यूएम नेपालले आफ्नो कर्पोरेट फिलोसफी ‘इम्प्रुभिङ लिटल बाई लिटल, एभरी डे’ लाई अनुसरण गर्दै आकर्षक फिचरसहितको हवल जोलियन ल्याउने भएको छ ।  विश्वका ६० वटा मुलुकहरुमा ६५ लाख भन्दा धेरै बिक्रि भइसकेको हवल विगत ११ वर्षदेखि चीनमा एसयूभी बिक्रि गर्ने पहिलो ब्रान्ड बन्न सफल भएको छ ।

कलात्मक र आधुनिक इन्जिजियरिङबाट निर्मित JOLION ले गाडीहरुमा नयाँ सोचलाई मूर्तरुप दिने उत्पादनकर्ताले जनाएका छन् । हवलको नयाँ भेरियन्टमा १८ इन्चको Aluminum Alloy Wheels, 73% High Strength Steel Body देखि 6-Way Electric Adjustable Driver Seat रहेको छ । यसको Panoramic Sunroof र Dual Zone Auto AC ले आरामदायी यात्रामा भव्यता थप्न मद्दत गर्नेमा कम्पनीले विश्वास राखेको छ ।

कम्पनीका अनुसार खरीदकर्ताको सुरक्षालाई मध्यनजर गर्दै यसमा १.५ लि. को Petrol Turbo Engine, 6 Omni Directional Airbags को 360 Degree View, Blind Spot Monitoring र Hill Hold Control & Hill Decent Control राखिएको छ । यसको आकर्षक head-up display (HUD) ले गाडीको गति आदिको सूचना दिएर यात्रालाई सुरक्षित बनाउँछ ।

त्यस्तै, Carplay / Android Auto सहितको १२.३ इन्च Smart Touch Screen यसका नयाँ फिचरहरु हुन् । हवलको पहिलो र हाई भ्यारियन्ट पहिले नै उपलब्ध भउको र यसबाट सकारात्मक समिक्षा पाइरहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह