काठमाडौँ ।
गुण एयरलाइन्सले असोज १ गतेबाट आफ्नो नियमित उडान सुरु गर्ने भएको छ । आफ्ना दुइवटा बिचक्राफ्ट र थप गरिएका पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट उडान शुरु गर्न लागेको कम्पनीले जनाएको छ ।
एयरलाइन्सले सुरुवातमा काठमाडौबाट पोखरा र भरतपुर (चितवन) मा उडान भर्ने छ । कम्पनीका अनुसार त्यसको केही दिनपछी सिमरा, भैरहवा, तुम्लिङटार, जनकपुर, नेपालगन्ज, सुर्खेत र बिराटनगरमा उडान बिस्तार गर्ने तयारी रहेको छ ।
प्रतिक्रिया