Logo

कर्पोरेट-बजार

अवैतनिक वाणिज्य दूतहरुको फोरम एचसीसीएन नेतृत्वमा आङछिरिङ शेर्पा


appharu
   १० श्रावण २०७५, बिहिबार


काठमाडौं । पर्यटन व्यवसायी आङछिरिङ शेर्पा अवैतनिक वाणिज्य दूतहरुको संगठन कन्सुल कप्सको डीनमा निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष शेर्पा नेपालका लागि बेल्जियमका अवैतनिक वाणिज्यदूत हुन् ।
काठमाडौंमा सम्पन्न एचसीसीएनको साधारणसभाले शेर्पालाई नयाँ डीनमा सर्वसम्मत चयन गरेको हो । यसअघि नेपालका लागि पोर्चुगलका अवैतनिक वाणिज्यदूत राजेन्द्र खेतान यसको डीन थिए ।

सम्मेलनले एचसीसीएनको भाइस डीनमा किरण वैद्य तथा सदस्यमा श्रीराम लामिछाने र चन्द्र ढकाललाई चयन गरेको छ । सल्लाहकारमा प्रतिमा पाण्डे, विनयमान श्रेष्ठ र हरि धरेल रहेको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा नेपालको पर्वतरोहण क्षेत्रका इन्साइक्लोपेडिया मानिन्छन् । विश्व पर्वतारोहण संघ, एसियाली पर्वतारोहण संघलगायतका अन्तर्राष्ट्रिय संगठनको नेतृत्व तहसम्म पुग्ने उनी एकमात्र नेपाली व्यवसायी हुन् । एसियन ट्रेकिङका अध्यक्ष

शेर्पाको कम्पनीले हजारौं आरोहीलाई सगरमाथासहित अन्य हिमालको शिखरमा पु¥याइसकेको छ ।
परराष्ट्र मन्त्रालय र अन्य कूटनीतिक नियोगसँग निकट रहेर काम गर्ने सो संस्था सन् २००७ मा गठन भएको थियो । संस्थाका सदस्यले

आफूले प्रतिनिधित्व गर्ने मुलुकसँग नेपालको द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।
संस्थामा ४५ देशका वाणिज्य दूत सदस्य छन् । नवनिर्वाचित अध्यक्ष शेर्पाले कूटनीतिक तथा द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन समन्वयात्मक भूमिका निर्वाह गरिने प्रतिबद्धता जनाए ।

प्रकाशित : १० श्रावण २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह