Logo

बैंक / बिमा /शेयर

टेरा पेमेन्ट सर्भिस र सिटी एक्सप्रेसबीच रेमिट्यान्स कारोबार सुरु


GDP नेपाल
   ३० भाद्र २०७८, बुधबार


काठमाडौँ ।

यूरोपको ख्यातिप्राप्त टेरा पेमेन्ट सर्भिस र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सुरु भएको छ ।

यूरोपमा रहेका नेपालीहरुले ‘टेरा पे’ को सेवा प्रयोग गरी यूरोपलगाएत ७९ अन्य देशहरुबाट सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । यो सेवाले नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने साथै नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने व्यवस्था रहेको बताइएको छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ‘टेरा पे’ का तर्फबाट सह संस्थापक एनी सानेले हस्ताक्षर गरेका छन् ।

रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको सिटी एक्सप्रेसले बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : ३० भाद्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह