Logo

Banner-news

९० कन्टेनरसहित पहिलो पटक नेपाल आइपुग्यो निजी कम्पनीको कार्गो रेल


GDP नेपाल
   ३० भाद्र २०७८, बुधबार


काठमाडौँ ।

बुधबार ९० वटा कन्टेनरसहितको भारतीय निजी कम्पनीको कार्गो रेल नेपाल आइपुगेको छ । भारतबाट निजी क्षेत्रको कार्गो रेल नेपाल आइपुगेको यो पहिलो पटक हो ।

यस अघि नै सन् २०२१ को जुलाई महिनामा नेपाल र भारत सरकारबीच प्राइभेट रेल अपरेटरले पनि कार्गो रेल सञ्चालन गर्न सक्ने सम्झौता भएको थियो । सोही सम्झौता अनुरुप आज हिन्द टर्मिनल नामक भारतीय निजी क्षेत्रको कार्गो रेल बिहान १० बजे वीरगन्जस्थित सुक्खा बन्दरगाह आइपुगेको हो ।

यसअघि भारतीय सरकारको अधिनमा रहेको कोन्कर कम्पनीले मात्रै नेपालमा कार्गो रेल ल्याउने गरेको थियो ।

प्रकाशित : ३० भाद्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह