Logo

Banner-news

आइफोन १३ का चार मोडल सार्वजनिक, यस्ता छन् फिचर


GDP Nepal
   ३० भाद्र २०७८, बुधबार


काठमाडौं । एप्पलले आइफोन १३ का चार मोडल सार्वजनिक गरेको छ । एक अनलाइन समारोहमा एप्पलले एकसाथ आइफोन १३ सिरिजसँगै आइप्याड २०२१, नयाँ आइप्याड मिनी र एप्पल वाच ७ सिरिज पनि ल्याएको हो ।

एप्पलले ल्याएका नयाँ फोनहरुमा आइफोन १३, आइफोन १३ प्रो र आइफोन १३ म्याक्स तथा आइफोन १३ मिनी गरी चार मोडेल रहेका छन् ।

आइफोन १३ सिरिजका सबै मोडेलमा फाइभ जी सपोर्ट रहेको छ भने रात्रिकालिन क्यामेरा मोड पनि राखिएको छ, जसका कारण रातीको समयमा उत्कृष्ट तस्बिर खिच्न सकिने छ ।

आइफोन १३ फोन हेर्दा आइफोन १२ जस्तै देखिन्छ तर यसमा फिचरहरु थपिएका छन् । जसमा १२ मेगापिक्सेल क्यमेरा तथा ए १५ बायोनिक चिपसेट रहेको छ ।

आइफोन मिनीमा भने अघिल्लो सिरि।जभन्दा अढाइ घण्टा बढी ब्याट्री ब्याकअप हुनेछ । पानीले कुनै असर नगर्ने तथा फेस आइडीका सहायताले खुल्ने यसका अन्य विशेषता हुन् । जसमा सुपर रेटिना एक्सडिआर ओएलइडी डिस्प्ले रहेको छ भने शक्तिशाली तथा उत्कृष्ट डुअल रियर क्यामराले सुसज्जित छ । सबैभन्दा तीव्र गतिको सिक्स कोर सिपियु, ४ कोर जीपीयू यसका अन्य विशेषता हुन् ।

आइफोन १३ मिनीको सुरुआती मूल्य ६९९ डलर तोकिएको छ भने आइफोन १३ को सुरुआती मूल्य ७९९ डलर तोकिएको छ । आइफोन १३ मा ६.१ इन्चको डिस्प्ले हुने तथा मिनी मोडेलमा ५.४ इन्चको डिस्प्ले रहने जनाइएको छ ।

आइफोन १३ सिरिजमा न्यूनतम १२८ जिबीदेखि ५१२ जिबीसम्म स्टोरेज क्षमता रहनेछ । ६.१ इन्चको स्क्रिन साइजमा उपलब्ध हुने आइफोन १३ प्रो को सुरुआती मूल्य ९९९ डलर तोकिएको छ । यस्तै, ६.७ इन्च स्क्रिन साइजमा उपलब्ध हुने आइफोन १३ प्रो म्याक्सको मूल्य १०९९ डलर तोकिएको छ ।

प्रकाशित : ३० भाद्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह