Logo

Banner-news

एलपी ग्यास उद्योग संघमा सहमति जुटेन, अध्यक्षमा तीन उद्योगीबीच प्रतिस्पर्धा


GDP Nepal
   ३१ भाद्र २०७८, बिहिबार


काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको नयाँ नेतृत्वका लागि बिहीबार निर्वाचन हुने भएको छ । संघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष कुश प्रसाद मल्ली, पूर्वअध्यक्ष सावरमल अग्रवाल र उद्योगी विजयहरि शर्मा प्रतिस्पर्धामा छन् ।

संघको वरिष्ठ उपाध्यक्षका लागि दिवान चन्द र मनोजकुमार दास प्रतिस्पर्धामा छन् भने उपाध्यक्षमा लोकहर्ष शाक्य र नवीन रिजाल मैदानमा उत्रिएका छन् ।

यस्तै, महासचिवमा कृष्णमान श्रेष्ठ र धर्मराज बर्तौलाबीच प्रतिस्पर्धा हुँदैछ । सचिव र कोषाध्यक्षमा भने निर्विरोध भएको छ । सचिवमा अमित अग्रवाल र कोषाध्यक्षमा आशिष जाजोदिया निर्विरोध भएका हुन् ।

संघको सदस्यमा बाबुराम पोख्रेल, सुनिल सिन्हा, मनोज बुढाथोकी, अच्युत नेपाल, युवक राजभण्डारी, सुदीप घिमिरे, राजकुमार सिन्धी, बुद्धिराम डल्लाकोटी, योगेश घिमिरे, नरेन्द्रराज बर्तौला र आदित्य पराजुली चयन भएका छन् ।

संघको २६ औं वार्षिक साधारणसभा बुधबार काठमाडौंमा सुरु भएको हो । साधारणसभा उदघाटन गर्दै गृहमन्त्री वालकृष्ण खाँडले व्यवसायीको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

प्रकाशित : ३१ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह