Logo

बैंक / बिमा /शेयर

बैंक अफ काठमाण्डूका ग्राहकलाई एसआरएल डाईगोनोस्टिकमा १० प्रतिशत छुट


GDP नेपाल
   ३१ भाद्र २०७८, बिहिबार


काठमाडौँ ।

बैंक अफ काठमाण्डू लिमिटेड र एसआरएल डाईगोनोस्टिक (नेपाल) प्रा. लि. बीच बैँकका ग्राहकलाई उपचारमा छुट दिने सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

यस सम्झौता पश्चात ग्राहकले एसआरएल डाईगोनोस्टिकले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशतसम्म छुट पाउने बताइएको छ ।

उपत्यकाको महाराजगंजमा रहेको एसआरएल डाईगोनोस्टिकले गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । त्यस्तै, बैंक अफ काठमाण्डले देशभरका ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : ३१ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह