Logo

बिजनेस होम

मुलुकले जितेको दिन !


appharu
   १० श्रावण २०७५, बिहिबार


काठमाडौं । अन्ततः डा. गोविन्द केसी र सरकारबीचको वार्ता सफल भएको छ । डा. केसीका अधिकांश माग पूरा गर्न सरकार सहमत भएसँगै केसीको अनसन तोडिएको छ ।

२७ दिनअघि जुम्लाबाट अनसन सुरु गरेका केसी र उनका समर्थकले यसबीचमा धेरै आक्रमण र आरोप सहनु परे पनि सत्यका अगाडि सबै पक्ष झुक्न कर लाग्यो र नेपालीको उज्यालो भविश्यका पक्षमा सहमति गर्दै अनसन तोडियो ।

सहमति भएका अधिकांश विषयहरु यसअघि नै सार्वजनिक भइसकेका छन् । काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेजलाई अनुमति नदिने सम्बन्धमा केही विवाद देखिए पनि त्यसमा समेत समान धारणा सार्वजनिक भयो ।

निजी मेडिकल कलेजलाई अब प्रवद्र्धन नगर्ने र सरकारी स्तरबाटै प्रादेशिक मेडिकल कलेज स्थापना गर्ने सहमति नै भइसकेपछि उपत्यकामा नयाँलाई अनुमति दिने कुरा आफैंमा अमिल्दो थियो ।

सँधै बिरामी वा कामदारको हातबाट जुस पिएर अनसन अन्त्य गरेका डा. केसीले यसपटक भने नेकपाका नेता सुवास नेम्वाङ र पूर्व उपकुलपति केदारभक्त माथेमाको हातबाट जुस पिउनुले उनको अनसन यो अन्तिम भएको संकेत गरेको छ ।

डा. केसीले दुई तिहाई बहुमतको सरकारसँग सहमति भएकाले अनसनको १६ औं संस्करण नहुने अनुमान गरिएको छ । यसैले नेपालमा नाफामुखी चिकित्सा शिक्षाको अब अन्त्य भएर सेवामुखी चिकित्सा शिक्षा र सोही अनुसारका जनशक्ति उत्पादन हुने आधार तयार भएकाले यसलाई सरकार वा कुनै दलको हारजीतका रुपमा नलिइ मुलुकले नै जितेको दिनका रुपमा लिनु उचित हुनेछ ।

प्रकाशित : १० श्रावण २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह