Logo

कर्पोरेट-बजार

एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली, यसरी भयो सहमति


GDP Nepal
   ३१ भाद्र २०७८, बिहिबार


काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको नयाँ नेतृत्वका लागि बिहीबार निर्वाचन हुने भनिए पनि अन्तिम समयमा सहमति भएको छ । संघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष कुश प्रसाद मल्ली निर्विरोध निर्वाचित भए । पूर्वअध्यक्ष सावरमल अग्रवाल र उद्योगी विजयहरि शर्मा प्रतिस्पर्धामा रहे पनि सहमतिका लागि भएको प्रयासपछि उनीहरु पछि हटे ।

सहमतिका लागि अध्यक्ष गोकुल भण्डारी, निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरे तथा राजेन्द्र डल्लाकोटी, जीतबहादुर कार्की र राजेन्द्र काबरा रहेको समिति गठन गरिएको थियो ।

संघको विशिष्ठ सदस्यमा डल्लाकोटी चयन भए भने वरिष्ठ उपाध्यक्षका शंकर श्रेष्ठ निर्विरोध भए ।

उपाध्यक्षमा दिवान चन्द र मनोजकुमार दास तथा महासचिवमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भए । कोषाध्यक्षमा धर्मराज बर्तौला र सचिवमा आशिष जाजोदिया निर्विरोध भएका हुन् ।

संघको सदस्यमा लोकहर्ष शाक्य, बाबुराम पोख्रेल, सुनिल सिन्हा, मनोज बुढाथोकी, अच्युत नेपाल, युवक राजभण्डारी, सुदीप घिमिरे, राजकुमार सिन्धी लगायत चयन भएका छन् ।

प्रकाशित : ३१ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह