Logo

सूचना/प्रविधि

सरकारले इन्टरनेट शुल्कमा फेरि झुक्यायोः १ करोड २४ लाख उपभोक्ताले बढेकै मूल्य तिर्नुपर्ने


appharu
   ११ श्रावण २०७५, शुक्रबार


काठमाडौं । सरकारले इन्टरनेट सेवामा लाग्दै आएको १३ प्रतिशत अतिरिक्त शुल्क हटाइएको जनाए पनि यसबाट दुई तिहाईभन्दा बढी सेवाग्राहीले बढेकै शुल्क तिर्नुपर्ने छ ।

किनकी मोबाइलबाट इन्टरनेट सेवा लिने अर्थात नेपाल टेलिकम, एनसेल, स्मार्टसेलजस्ता दूरसञ्चार सेवा प्रदायकबाट इन्टरनेट सेवा लिएकाहरुले भने बढेकै मूल्य तिर्नुपर्छ ।

सरकारले चलाखीपूर्ण ढंगले इन्टरनेट सेवा प्रदायकहरुले नै बेहोर्नेगरी उक्त मूल्य समायोजन गरेको देखिन्छ । जसले उपभोक्तालाई अतिरिक्त शुल्कको भार प्रत्यक्ष पर्नेछैन भने शूल्कवृद्धि फिर्ता लिन आर्थिक ऐन नै संशोधन गर्नुपर्ने भएकाले त्यो तत्काल सम्भव पनि थिएन ।

सरकारले इन्टरनेट सेवा प्रदायकहरुलाई सहुलियतको आश्वासन दिएर मूल्य समायोजन गरेको हो । तर, सरकारले बनाएको समितिमामा मोबाइल इन्टरनेटको विषयमा गम्भीरतापूर्वक छलफल भएन । यसले लाखौं उपभोक्ता प्रत्यक्ष मारमा पर्नेछन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार देशभर १ करोड ४७ लाख इन्टरनेटका ग्राहकमध्ये १ करोड २४ लाखले मोबाइल इन्टरनेट चलाउँछन् भने जसमा २२ लाखलेमात्र ब्रोडब्यान्ड इन्टरनेट चलाउँछन् ।

प्रकाशित : ११ श्रावण २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह