Logo

बैंक / बिमा /शेयर

अब बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवाबाटै ब्रिटिश कलेजमा भुक्तानी गर्ने मिल्ने


GDP नेपाल
   १ आश्विन २०७८, शुक्रबार


काठमाडौँ ।

अब बैंक अफ काठमाण्डू लिमिटेडकोे डिजिटल कारोबारबाटै ब्रिटिश कलेजमा डिजिटल भुक्तानी गर्ने मिल्ने भएको छ । आफ्नो डिजिटल कारोबार विस्तार गर्ने क्रममा बैंक अफ काठमाण्डूले यस्तो सुविधा ल्याएको हो ।

ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरुले मोबाईल बैंकिङ्ग मार्फत यस बैंकको क्यूआर कोडको स्क्यान गरी आफ्नो कलेजको बिल सजिलै भुक्तानी गर्नसक्ने छन् । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा बैंकले डिजिटल कारोबारको लागि रणनितीक महत्व भएका स्थानहरु छनौट गरी क्यूआर कोड सेवा संचालनमा ल्याइरहेको छ ।

यसै क्रममा बैंकले पशुपतिनाथ मन्दिर परिसर, कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजार, पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित लामो तथा छोटो दुरीको बसहरु, खाद्य स्टोर तथा पसलहरु, होटल तथा रेस्टुरेन्टहरु, हस्पिटलहरु तथा अन्य महत्वपुर्ण स्थानमा क्यूआर कोड सेवा संचालनमा ल्याइसकेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

प्रकाशित : १ आश्विन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह