Logo

कर्पोरेट-बजार

‘टीभीएस ग्राण्ड दशैं एक्सचेन्ज मेला’ योजना सुरु


GDP नेपाल
   १ आश्विन २०७८, शुक्रबार


काठमाडौँ ।

टीभीएस मोटसाइकलले चाडपर्व लक्षित ‘टीभीएस ग्राण्ड दशैं एक्सचेन्ज मेला’ योजना सुरु गरेको छ । टीभीएसका लागि आधिकारीक विक्रेता जगदम्बा मोटर्सले मोटरसाइकलमा बम्पर छुटसँगै नगद उपहार र एक्सचेन्ज सुविधा समेत ल्याएको हो ।

यस योजना अन्तर्गत मोटरसाइकल खरिद गर्ने तथा एक्सचेन्ज गर्ने ग्राहकले डाउन पेमेन्ट गर्नु नपर्ने कम्पनीले जनाएको छ । त्यस्तै, ग्राहकले मासिक किस्ता बापत शुन्य प्रतिशत ब्याजदरको सुविधामा मासिक मात्र ५ हजार ९९९ रुपैयाँ किस्ता तिर्ने सुविधा समेत रहेको कम्पनीले जनाएको छ । कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट पुर्याएर मोटरसाइकल किन्ने ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल दिने जनाएको हो । साथै, दशैं स्कीमको स्क्र्याच कार्ड मार्फत किन्नु अघि १ लाखसम्म र किनेपछि १० लाखसम्म नगद छुट पाउने व्यवस्था समेत रहेको छ ।

प्रि बुकिङ गराएर जाने ग्राहकले २ हजार रुपैयाँ बराबरको एसोशरिज र टेष्ट ड्राइभमा उपहार समेत जित्ने मौका पाउने कम्पनीको भनाई छ । हाल टीभीएसले नेपाली बजारमा विभिन्न किसिमका मोटरसाइकल र स्कुटरको विक्री वितरण गर्दै आइरहेको छ भने पछिल्लो समय कम्पनीले नेपालमै एसेम्बलिङ प्लान्ट स्थापना गरि मोटरसाइकलको उत्पादन गर्ने चरणमा रहेको छ ।

प्रकाशित : १ आश्विन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह