Logo

बैंक / बिमा /शेयर

कामना सेवा विकास बैंकद्वारा एनआरएन बचत खाता सञ्चालन


GDP नेपाल
   १ आश्विन २०७८, शुक्रबार


काठमाडौं ।

कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली तथा नेपालमा रहेका परिवारका लागि बैंकले यो सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले ७ प्रतिशतको उच्चतम ब्याजदरसहित यस खातामा प्रथम वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा पनि उपलब्ध गराउने जनाइएको छ । विदेशमा रहेका नेपालीले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन् ।

यसका साथै यस खातामार्फत खोलिने मुद्दती निक्षेपमा ०.५ प्रतिशत थप ब्याज उपलब्ध गराइने बैंकले जनाएको छ । यो खाता अनलाइन माध्यमबाट पनि खोल्न सकिने जनाइएको छ ।

प्रकाशित : १ आश्विन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह