काठमाडौं ।
लक्ष्मी क्यापिटल मार्केटको तेह्रौं वार्षिक साधारण सभा असोज २४ गते बस्ने भएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ४ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । सभा लक्ष्मी बैंकको कार्यालय हात्तिसार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव पनि पेश गरिनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
प्रतिक्रिया