Logo

बिजनेस होम

‘गोविन्द केसी बलिरहेको दियो हो, हामीले तेल थप्दै जानुपर्छ’


appharu
   १२ श्रावण २०७५, शनिबार


काठमाडौं । प्रा. डा. गोविन्द केसीका तर्फबाट वार्ता टोलीको सदस्य रहेका अधिवक्ता ओमप्रकाश अर्यालले केसीलाई ‘बलिरहेको दियो’को संज्ञा दिएका छन् ।

अधिवक्ता अोमप्रकाश अर्याल

‘डाक्टर केसी भनेको बलिरहेको दियो हो । हामीले त्यो दियोमा तेल थप्दै जानुपर्छ,” शनिबार आयोजित एक कार्यक्रममा अर्यालले भने, “त्यसैले उहाँसँग सरकारले गरेका सम्झौताहरु कार्यान्वयन गराउन हामीले खबरदारी गरिरहनुपर्छ ।”

सरकार र गोविन्द केसीबीच भएको सहमति कार्यान्वयन गराउन खबरदारी गरिरहनुपर्ने उनले दोहोर्याए ।

डा. केसीको अनशनलाई उदाहरणीय कामको संज्ञा दिँदै उनले भने, “सत्याग्रहको उद्देश्य भनेको नै शरिरलाई पीडा हुन्छ तर आत्मा खुशी हुन्छ । सत्याग्रही कसैको डर वा प्रलोभनमा पर्दैन, डा. केसीले त्यही बाटो समात्नुभयो ।”

अर्यालले वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलको नैतिकता संकटमा परेको गुनासो पोखे । उनले भने, “शिक्षामन्त्री यो पटक चुक्नुभयो, उहाको बोलीमा क्रुरता देखिन्थ्यो ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थ समूहको घेराबाट बाहिर आएर केदारभक्त माथेमा र स्वतन्त्र समूहको कुरा सुनेको भन्दै उनले प्रसन्नता व्यक्त गरे ।
ओलीप्रति विगतमा तिखो टिप्पणी गर्दै आएका अर्यालले भने, “प्रधानमन्त्रीले आफैँले पहल लिनुभयो र सहमति भयो । यो खुशीको कुरा हो । अब सम्झौता कार्यान्वयन हुनुपर्छ । हामी सबैको जित भएको छ ।”

प्रकाशित : १२ श्रावण २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह