काठमाडौँ ।
नेपालमै पहिलो पटक फ्रान्सेली प्रिमियम अटो ब्राण्ड सिट्रोनको ‘सी–फाइभ एयरक्रस एसयूभी’ भित्रिएको छ ।
गोल्छा अर्गनाइजेशन अन्तर्गतको साङ्ग्रिला मोटर्स प्रालिले फ्रान्सेली प्रिमियम अटो ब्राण्ड सिट्रोन भित्र्याएकोहो । आइतबार एक समारोहका बीचमा कम्पनीले सिट्रोनको नयाँ शोरुमसँगै गाडी सार्वजनिक गरेको हो ।
प्रारम्भमा सिट्रोन सी–फाइभ एयरक्रसको बजार मूल्य कम्पनीले एक करोड ३५ लाख तोकेको छ । १.६ पेट्रोल इन्जिन, ६ गेयर, अटोमेटिक र २३० एमएम यसका विषेशताहरु हुन् ।
प्रतिक्रिया