Logo

बैंक / बिमा /शेयर

पोखरा फाइनान्सको नयाँ शाखा नेपालगञ्ज र कोहलपुरमा


GDP नेपाल
   ४ आश्विन २०७८, सोमबार


पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले सोमवारदेखि दुई ओटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । 

फाइनान्सले लुम्बिनी प्रदेशको बाँके, नेपालगञ्ज उपमहानगपालिका वडा नं. १ धम्बोजी, सुर्खेत रोडमा र बाँके जिल्ला, कोहलपुर नगरपालिका वडा नं. ११ कोहलपुर चोकमा आफ्नो २३ औं र २४ औं शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवम् ग्राहक सेवा विस्तारको लागि विभिन्न जिल्लाहरुमा शाखा खोलिने उद्देश्य अनुरुप नेपालगञ्ज र कोहलपुरमा नयाँ शाखाहरु खोलिएको कम्पनीले जानकारी दिएको छ ।

यस शाखाहरु मार्फत कम्पनीले निक्षेप संकलन, कर्जा लगानी, डिम्याट, मोवाइल बैंकिङ, सि आस्बा, आइपिएस, चेक क्लियरिङ रेमिटेन्स लगायत अन्य आधुनिक बैंकिङ सेवाहरु प्रवाह गरिने वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए ।

प्रकाशित : ४ आश्विन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह