काठमाडौँ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैँकले पर्साको बीरगंजस्थित लिंकरोडमा नयाँ शाखा संचालन गरेको हो ।
यो सँगै सांग्रिला बैंकले देशभर कुल ९७ शाखा विस्तार गरिसकेको छ । बीरगंज शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई बैंकिङ्ग सुविधा पुग्ने बैँकले जनाएको छ ।
बैंकले देशभरका शाखाबाट आफ्ना ग्राहकलाई विभिन्न बैंकिङ्ग सुविधाहरु दिंदै आएको छ ।
प्रतिक्रिया