Logo

बैंक / बिमा /शेयर

दशैंको अवसरमा सांग्रिला बैंकको उपहार, व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत ब्याज भुक्तानी


GDP नेपाल
   ४ आश्विन २०७८, सोमबार


काठमाडौँ ।

दशैँको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत (९ दशमलव ५ प्रतिशत ब्याजदरमा शून्य दशमलव ५ प्रतिशत थप प्रिमियमसहित) ब्याज भुक्तानी अफर सार्वजनिक गरेको छ । बैंकले ३ महिना र त्यसभन्दा बढी अवधिका व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत ब्याजदरको अफर सार्वजनिक गरेको हो ।

चाडवाड अवसरमा शून्य दशमलव ५ प्रतिशत प्रिमियमसमेत थप्न मिल्ने मुद्दति निक्षेप योजना सार्वजनिक गरिएको छ । बैंकको व्यक्तिगत मुद्दती खातामा निक्षेप राख्नेले वार्षिक १० प्रतिशतसम्म ब्याज पाउनेछन् । साथै, बैंकले संस्थागत मुद्दतीमा पनि ९ दशमलव ५ प्रतिशत वार्षिक ब्याजदरको अफर सार्वजनिक गरेको छ ।

प्रकाशित : ४ आश्विन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह