काठमाडौँ ।
सानिमा बैंक लिमिटेडले बैंकिङ सेवा विस्तार गरेको छ । सोमबार ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना गरी बैंकले सेवाग्राहीका लागि थप बैंकिङ सेवा विस्तार गरेको हो ।
बैंकका ब्रान्ड प्रवर्द्धक तथा चर्चित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा शाखा उक्त नयाँ शाखाको उद्घाटन गरेका छन् । त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि धन्यवाद दिएका छन् ।
सानिमा बैंकले हालसम्म देशका सातै प्रदेशमा १०५ कार्यालय र ९६ वटा एटिएम सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया