Logo

कर्पोरेट-बजार

२४ औं वार्षिकोत्सवको अवसरमा यती एयरलाइन्सद्वारा कल सेन्टरको शुभारम्भ


GDP नेपाल
   ५ आश्विन २०७८, मंगलबार


काठमाडौँ

निजी क्षेत्रबाट सञ्चालित नेपालकै ठूलो वायुसेवा कम्पनी यति एयरलाइन्सले स्थापनाको २४ औं वर्षगाँठको अवसरमा कल सेन्टर सेवा उद्घाटन गरेको छ ।

२१ सेप्टेम्वर, १९९८ मा पहिलो उडान थालेको यतिले सोही दिनलाई बार्षिक उत्सवका रुपमा मनाउने गरेको छ । यतिले आफ्नो भगिनी संस्था तारा एयरसहित २३ वर्षदेखि नेपाली आकाशमा सेवा दिइरहेकोेछ । नेपालका दुर्गम क्षेत्रका बासिन्दालाई मानवीय सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको यती एयरलाइन्सले आफ्नो भगिनी संस्था तारा एयरसहित २३ वर्षदेखि नेपाली आकाशमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

स्थापनाको सुरुवाती दिनमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधी, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै आएको यतीले पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो सञ्जाल बढाउँदै लगेको एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमालले बताए ।

वार्षिकोत्सवको अवसरमा सिईओ रिमालले भने, “यती एयरलाइन्स र तारा एयरका साहसी पाइलट एवं आत्मविश्वासी चालकदल, दक्ष प्राविधिक, तालिम प्राप्त कर्मठ कर्मचारी, साझेदार संघसंस्थाहरुको लगन, मेहनत, इमान्दारी तथा यात्रुहरुको विश्वासले यती एयरलाइन्सले गौरवमय २३ वर्षे इतिहास पूरा गर्न सफल भएको हो, यसका लागी हामी सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।”

२४ वर्षे यात्रासँगै यतीले जेटस्ट्रिम युगको पूर्णरुपले अन्त्य गरी एटिआर युगमा प्रवेश गरेको छ । हालै यतीले आफूसंग रहेको ५ वटा विमान बिक्री गरेको हो । २३औँ वार्षिकोत्सवको अवसरमा यती एयरलाइन्सले ग्राहकवर्गलाई थप सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टरलाई अपग्रेड गर्दै आज९मंगलबार० बाट कल सेन्टरको औपचारिक शुभारम्भ गरेको छ ।

कल सेन्टरको शुभारम्भसँगै अब ०१–५९७००७४ मा फोन गरी उडान सम्बन्धी जानकारी लिन सकिने र उडानसम्बन्धी जिज्ञासा अनुत्तरित नरहने यती एअरलाइन्सले जनाएको छ । एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले उपयुक्त भाडादर, झन्झटरहित यात्रा, गुणस्तरीय सेवा र यात्रुहरुलाई पहिलो प्राथमिकतामा राखी उडान गरेका कारण यती एयरलाइन्स स्वदेशी तथा विदेशी यात्रुको रोजाईमा पर्न सफल भएको बताए ।

प्रकाशित : ५ आश्विन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह