काठमाडौँ ।
कुमारी बैंकका दुई जना सेयरधनीले संस्थापक सेयर बिक्री गर्ने भएका छन् ।
बैंकका संस्थापक सेयरधनी अन्जन कुमार पौडेलले १० हजार ८५७ कित्ता र सुनिल कुमार रेग्मीले आफ्नो नाममा रहेको ३ हजार १७ कित्ता सेयर बिक्री गर्न लागेका हुन् । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ ।
किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा कुमारीको मुख्य कार्यालय टंगाल काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गर्न सकिनेछ ।
प्रतिक्रिया