काठमाडौं ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक सिंगापुरले सिद्धार्थ बैंक लिमिटेडलाई ऋण सुविधा स्वीकृत गरेको छ । सिद्धार्थ बैंकलाई १ करोड २० लाख अमेरिकी डलरको ऋण सुविधा स्वीकृत गरिएको छ ।
स्वीकृत ऋण सुविधामध्ये ८० लाख डलर ऋण सुविधा उपलब्ध भएको र बाँकी ४० लाख अमेरिकी डलर पनि छिट्टै उपलब्ध हुने बैंकले जानकारी गराएको छ।
उक्त ऋण सुविधाबाट बैंकले प्रदान गरिआएको अन्तरराष्ट्रिय व्यापार र तरलता व्यस्थापनमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया