Logo

बैंक / बिमा /शेयर

नबिल दिगो बैंकिङ र नेपाल उद्योग परिसंघ ‘वूमन लिडरसिप फोरम’बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न


GDP नेपाल
   ६ आश्विन २०७८, बुधबार


काठमाडौँ ।

नबिल बैंक र नेपाल उद्योग परिसंघ – वूमन लिडरसिप फोरमले महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तर्कि्रया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरु र उपलब्ध कर्जाकोे बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा वूमन फेरमका संयोजक छाया शर्मा, सदस्य आशा राणा अधिकारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलगाएत विभिन्न महिला उद्यमी तथा नेतृत्वदायी महिलाहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवात गर्दै संयोजक शर्माले नबिल बैंकको दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरुको प्रशंसा गरेकी छिन् । साथै, बैंकका विभिन्न सकारात्मक पहलले महिलाको सामाजिक रुपान्तरणमा योगदान पुगोको शर्माले बताएकी छिन् । त्यस्तै, उनले वित्तिय पहुँच सँगसँगै वित्तिय साक्षरतालाई पनि अगाडी बढाउन सुझाव दिनकी छन् ।

कार्यक्रममा नबिल बैंककोे प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङ मार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तिय पहुँचलाई गाउँ गाउँमा पुर्‍याएर त्यहा उद्यमीहरुकोे सिर्जना गरि दिगो विकासमा टेवा पुर्‍याउने लक्ष्य लिएकोे बताएका छन् । कार्यक्रमको समापन गर्दै नबिल बैंकको संचालक समेत रहनु भएकी आशा राणा अधिकारीले यस कार्यक्रमले नबिल दिगो बैंकिङलाई सबै महिलाहरुमा पुर्‍याउन सहयोेग गर्ने र आउदा दिनमा यसलाई अझ बढाउदै लगिने बताएकी छन् ।

कार्यक्रममा नबिल बैंकको दिगो बैंकिङ तथा यस अन्तर्गतका नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जाकोे बारेमा नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र साना तथा मझौला कर्जा अन्तर्गतका महिला केन्द्रित कर्जा तथा अन्य बैंकिङ सुविधाका बारेमा साना तथा मझौला कर्जा/लघुवित्त विभाग प्रमुख निरज कुमार बस्नेत डनिलले प्रकाश पारेका थिए । अन्र्तक्रियाको दौरान विभिन्न महिला उद्यमीहरुले उठाउनु भएका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिउको थियो ।

नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सयूक्त राष्ट्र संघको दिगो विकासकोे लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामिण वर्गलाई लक्षित गरि दिगो बैंकिङ कार्यक्रम सुरु गरको बैंकले यस कार्यक्रम अन्तर्गत नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह