Logo

कर्पोरेट-बजार

एकैदिन तोलामा ९ सयले बढ्यो सुनको मूल्य


GDP नेपाल
   ६ आश्विन २०७८, बुधबार


काठमाडौँ ।

नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन प्रतितोला ९ सयले बढेसँगै छापावाल सुन ९० हजार १ सयमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन प्रतितोला ८९ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १ हजार १६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह