नेपालगञ्ज ।
कृषि विकास बैंकले नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले आफ्नो शाखा विस्तारलाई दरिलो बनाउने र सबै ठाउँमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले नेपालगञ्जको पिपरीमा नयाँ शाखा उद्घाटन गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले शाखा उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा कृषि विकास वैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले स्थापना भएको यस बैंकले कृषिलाई नछोडने बताए । बैंकको मुल नारा रहेकोले सयम परिस्थिति अनुसार अन्य क्षेत्रलाई समेटदै लगेता पनि कृषि क्षेत्रलाई विषेश जोड दिने बताए ।
प्रतिक्रिया