Logo

बैंक / बिमा /शेयर

राष्ट्र बैंकको निर्देशनपछि ब्याजदर संशोधन गर्दे बैँक तथा वित्तीय संस्था


GDP नेपाल
   ६ आश्विन २०७८, बुधबार


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकको निर्दैशनपछि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर संशोधन गरेका छन् ।

असोज महिनामा ब्याजदर बढाएका बैँकहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई मंगलबार केन्द्रीय बैंकले ब्याजदरको अस्वस्थ प्रतिस्पर्धा रोक्न निर्देशन दिएको थियो । केन्द्रीय बैंकले यसअघि नै निक्षेपको ब्याजदर अधिकतम ५ प्रतिशतभन्दा धेरै नहुने व्यवस्था गरे पनि विभिन्न बैंकहरुले साधारण बचत र मुद्दति निक्षेपको ब्याजदर नै ५ प्रतिशतभन्दा बढी ब्याजदर हुनेगरी सूचना प्रकाशित गरेका थिए । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुले एक महिनामा एक पटक मात्रै ब्याजदर परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ।

राष्ट्र बैँकको निर्दैशन पछि बुधबार सिटिजन्स बैंकले असोज ४ गते प्रकाशित गरेको दशै तिहार मुद्दति निक्षेप योजना स्थगित गरिएको भसूचना निकालेको छ । त्यस्तै, मञ्जुश्रीफाइनान्सले पनि भदौ ३१ गते सार्वजानिक गरेको पुरानै ब्याजदर लागु हुने जनाएको छ । यसैगरी, प्रोग्रेसिभ फाइनान्सले पनि पुरानै ब्याजदर लागु हुने जनाएको छ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह