Logo

बैंक / बिमा /शेयर

एशियन लाइफ इन्स्योरेन्सले ल्यायो नयाँ जीवन बीमा योजना


GDP नेपाल
   ६ आश्विन २०७८, बुधबार


काठमाडौँ ।

एशियन लाइफ इन्स्योरेन्सले नयाँ जीवन बीमा योजना ल्याएको छ । कम्पनीले ग्राहकहरूको रुचीलाई मध्यनजर गरी नयाँ जीवन बीमा योजना ‘सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना’को शुभारम्भ गरेको हो ।

कम्पनीको प्रधान कार्यालयमा असोज ५ गते एक कार्यक्रम गरी जीवन बीमा योजना सार्वजनिक गरेको हो ।

कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ, कम्पनीका सञ्चालकहरू सुरेन्द्र कुमार गोयल, सजल मास्के, निष्ठा प्रधानाङ्ग, अच्यूत राज सापकोटा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, का।मु। नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईं लगायतको उपस्थिति रहेका थियो ।

यस बीमा योजनाको मूख्य बिशेषता परिवारको एकजना अभिभावकको आम्दानीमा निर्भर हुने परिवारको भविष्यमा आइपर्न सक्ने पैसाको खाँचोलाई सह जरुपमा व्यवस्थापन गर्ने उद्देश्यले कम्पनीले ‘सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना’ सञ्चालनमा ल्याएको हो ।

मुनाफामा सरिक नहुने यस जीवन बीमा योजनामा बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर अतिरिक्त लाभहरू जस्तैः दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्गरअशक्त सुविधा र बीमाशुल्क छुट सुबिधा थप गर्न सकिने व्यवस्था रहेको छ ।

१८ वर्षदेखि ५३ वर्ष उमेर सम्मको व्यक्तिले सहभागी हुनसक्ने यो जीवन बीमा योजनाको अवधि २४ वर्षसम्म भएतापनि बीमितले शुरुको १२ वर्षसम्म मात्र बीमाशुल्क भुक्तानी गर्नुपर्छ । न्यूनतम वार्षिक बीमाशुल्क रु।२५,००० देखि माथि बीमितको आर्थिक अवस्थाको आधारमा जति सुकै रकमको बीमाशुल्क भुक्तानि गरी बीमा गर्न सकिनेछ । यस कम्पनीको चुक्ता पुँजी रु.२ अर्व भन्दा माथि रहेको छ । कम्पनीको जीवन बीमा कोष २६ अर्व ४८ करोड भन्दा बढी रहेको छ ।

साथै, यस कम्पनीले ४२ वटा शाखा र १०६ वटा उपशाखामार्फत सेवाग्राहीहरुलाई बीमा सेवा प्रदान गर्दै आइरहेको छ भने ग्राहक वर्गहरूको चाहनालाई ध्यानमा राख्दै भविष्यमा अन्य बीमा योजनाहरू समेत ल्याउने योजना रहेको छ । हाल सम्म कम्पनीले २३ वटा बीमालेखहरू बिक्रीमा ल्याइसकेको छ ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह