काठमाडौं ।
अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफर सहित खानाहरुमा बिशेष छुट ल्याएको छ । अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म लस्कर फुड्सबाट ग्राहकले चाहेको खानेकुरा सजिलैसँग मगाउन सक्नेछन् ।
त्यस्तै, दशैँतिहारको अवसरमा लस्कर फूड्सले अन्लाइन प्रतियोगिता आयोजना गरेको छ । जसमा २ जना विजेताका लागि फुड कुपन भाउचरको ब्यबस्था गरिएको छ । विजेताले १५ सय बराबरको खानेकुरा एपबाट वा लस्कर फुडसको कार्यालयमा सम्पर्क गरी मगाउन सक्नेछन् । ग्राहकले केही नियमको पालनागरी फुड कुपन जित्न सक्ने प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताएका छन् । फुड्सको प्रमुख आशय भनेको गुणस्तरीय खानेकुरा अनलाइन मार्फत घरमै उपलब्ध गराउने रहेको वस्तीले बताएका छन् ।
त्यस्तै, लस्कर फुड्सको अर्को आकर्षण भनेको जुनसुकै परिकार अर्डर गरे पनि डेलिभरी फ्रि रहेको छ । यस्तै, अर्डरको पैसा प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट तिर्न मिल्ने ब्यबस्था रहेको छ । ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैं फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप)बाट आफूलाई मन पर्ने खाना मगाउन सकिने ओस्ती बताउँछन् ।
प्रतिक्रिया