रुकुम ।
रुकुम पूर्वमा कृषि विकास बैंकको नयाँ शाखा खुलेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकको प्राथमिकता कृषि रहेकाले रुकुम पूर्वका नागरिकले बैंकबाट प्रभावकारी सेवा पाउने बताए । उनले सहुलियतपूर्ण कर्जाको उपयोग गरी व्यावसायिक कृषितर्फ लाग्न सर्वसाधारणलाई आग्रह पनि गरे ।
प्रतिक्रिया