काठमाडौँ ।
कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत सिद्धार्थ बैंकले जोन्टा क्लब अफ काठमाडौंलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेँलले जोन्टा क्लब अफ काठमाडौँका अध्यक्ष सीमा गोल्छालाई ४ लाख ९७ हजार दुई सय रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
उक्त रकम जोन्टा अभियानको घरेलु हिंसामा जागरूकता फैलाउनको लागी प्रयोग गरिने बताइएको छ । जोन्टा काठमाडौंले हिंसा पीडित महिलाहरुलाई सहयोग गर्न ललितपुर महानगरीय पुलिस १०० हेल्पलाइनलगाएत विभिन्न साझेदारहरुसंग काम गर्दै आइरहेको छ ।
२००२ मा स्थापित सिद्धार्थ बैंक लिमिटेड बैँकिंग र रेमिट्यान्स सेवाहरु प्रदान गर्ने नेपालको सबैभन्दा ठूलो निजी वाणिज्य बैंकहरु मध्यको एक हो । बैंकको देशभरमा १८० वटा भन्दा बढी शाखाहरु रहेका छन् ।
प्रतिक्रिया