काठमाडौँ ।
ग्लोबल टेक्नोलोजी लीडर शाओमी नेपालले हरेक शाओमी टेलिभिजनहरुको खरिदमा विशेष छुटको घोषणा गरेको छ । मी फ्यानहरुले यस अफर अनुरुप विभिन्न मी एलईडी टेलिभिजन र अन्यको खरिदमा पर्याप्त छुटहरु प्राप्त गर्नेछन् ।
यस अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजरश्री सौरभ कोठारीले भने “देशमा शाओमी टेलिभिजनको लन्च भए देखि नै हामीले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएका छौँ । जसमा हाम्रा उपकरणहरु मध्ये प्रिमिएम मूल्य क्षेत्रमा डि–फ्याक्टो विकल्पको रुपमा परिणत भएका छन्। दशैँलाई लक्षित गर्दै शाओमीले ग्राहकहरुलाई यो चाडबाडको बेलामा नयाँ टेलिभिजन किन्न र शाओमीका टेलिभिजनहरुमा आफ्ना प्रियजनहरु सँग आफुलाई मनपर्ने कार्यक्रमहरु हेर्नको लागि यो विशेष छुटको अफर ल्याएको हो ।’
टेलिभिजनको एमआरपी दर र विशेष छुट :
यसकासाथै शाओमी नेपालले “महापर्वको उमङ्ग” को ट्यागलाइन अन्तर्गत “दशैँविथ मी”नामको दशैँं अभियान पनि ल्याएको छ । यस अफर अन्तर्गत मी टिभीको खरिदमा, एक भाग्यशाली ग्राहकले दैनिक मीवाच लाइट प्राप्त गर्नेछन् र मी फोन वापोको फोनको खरीदमा, दुई भाग्यशाली ग्राहकहरुले दैनि कमी ब्लूटूथ स्पीकर पाउनेछन् । यो अभियान भदौ १६,देखि असोज २९ सम्म चल्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया