कामना सेवा विकास बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस. डिजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ ।
यो सेपा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा आएको हो । यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएका व्यक्तिले पनि घरबाटै केहि कागजातहरु अपलोड गरी “KS Digi” Wallet खोल्न सक्नेछन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले एक कार्यक्रमका बीच उक्त वालेट सेवाको सुभारम्भ गरेका हुन् ।
यस डिजिटल वालेट खोल्न एपमा Face Recognition गर्न सक्ने Artificial Intelligence (AI) को प्रयोग भएको छ । साथै, Account Opening, Loan Application, Inter Operable QR, mCash लगायतका बैकिङ सेवा तथा सुविधाहरु रहेका छन् ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैकंले आफूलाई Digital Banking सेवाहरुमा अब्वल बैँकको रुपमा स्थापित गर्ने उदेश्य रहेको छ ।
प्रतिक्रिया