काठमाडौं । नेपालका विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लब, नेपालको एघारौ साधारणसभाले श्रुति श्रेष्ठकोे अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबारका नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यलयमा सम्पन्न भएको साधारणसभाले दुई वर्षका लागि
अध्यक्षमा श्रेष्ठ सहित उपाध्यक्षमा नेपाल रिपब्लिक मिडीयाका दिपेश श्रेष्ठ, महासचिवमा कान्तिपुर पब्लिकेशनका प्रकाशचन्द्र तिमिल्सेनालाई निर्विरोध निर्वाचित गरेको छ ।
क्लबको कोषाध्यक्षमा राजधानी दैनिकका द्घारिका प्रसाद काफ्ले, सचिबमा नयाँ प्रत्रिकाका अमूल थापा निर्विरोध निर्वाचित भए । गोरखापत्रका बिकास द्घारे प्रबक्तामा चयन भएका छन् ।
सदस्यहरुमा कान्तिपुरका अंगद ढकाल, सेतोपाटी डट कमकी निशा भण्डारी, देशसंचार डट कमकी बर्षा शाह, दि हिमालय टाईम्सका स्कन्द गौतम, अन्नपूर्ण पोस्टका दिपेन श्रेष्ठ र स्वतन्त्र फोटोपत्रकार लक्ष्मीप्रसाद ङाखुशी निरबिरोध चयन भएका छन् ।
निर्वाचित पदाधिकारीहरुलाई शनिबारै एक समारोहका बीच निर्वाचन समितिका संयोजक एआईपिएसका कोषाध्यक्ष निरजंन राजबशी, बरिष्ठ फोटोपत्रकारहरु नरेन्द्र श्रेष्ठ, किरण पाण्डे, भास्वर ओझा तथा क्लबका पूर्वअध्यक्ष प्रकास माथेमा, पूर्वकार्यबहाक अध्यक्ष केशबराज थोकरले प्रमाणपत्र प्रदान गरे ।
नेपाल पत्रकार महासंघको बरिष्ठ उपाध्यक्ष रमेश बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा एशोसियट प्रदेशका महासचिव रोयल आचार्य, क्लवका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बिकास कार्की र क्लवका पूर्वअध्यक्ष प्रकास माथेमाको उपस्थितीमा थियो ।
क्लवले फोटोपत्रकारहरुको क्षमता अभिबृद्धिका लागी विभिन्न कार्ययोजना बनाई बिषेश महत्वका साथ कार्य गर्दै जानेछ भने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजिवी पत्रकारहरुको हकहितका लागी अझै सक्रिय भूमिका निभाउदै नेपाल पत्रकार महासंघको हरेक गतिविधीमा सक्रिय सहभागिता सहित क्लवले पैरवी गर्दै जाने निणर्य साधरण सभाले गरेको छ ।
यसैगरी निर्वाचित पश्चात बसेको पहिलो कार्यसमितीको बैठकले निवर्तमान कार्यसमितिका सवै पदाधिकारी तथा सदस्यलाई क्लबप्रति गरेको योगदानका लागि बिषेश धन्यवाद ज्ञापन गरेको छ ।
प्रतिक्रिया