काठमाडौँ ।
मञ्जुश्री फाईनान्स लिमिटेडले तीन नयाँ शाखा विस्तार गरेको छ । फाईनान्सले नवलपुरको गैंडाकोट, चितवनको हाकिमचौक भरतपुर, र पर्सा वजारमा नयाँ शाखा सञ्चालन गरेको छ ।
फाईनान्सको सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरेका हुन्। काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम र भैरहवा मा १५ वटा शाखा छन् भने अब थप ३ सहित शाखा संख्या १८ पुग्नेछ।
प्रतिक्रिया