Logo

घुमफिर

हानले भन्योः सरकारको नीतिबाट उत्साहित छौं, पर्यटनको ढोका खुल्यो !


१० आश्विन २०७८, आइतबार


काठमाडौं । सरकारले पर्यटन क्षेत्रका लागि ल्याएको नयाँ नीतिको होटल संघ नेपाल (हान)ले स्वागत गरेको छ । संघले यसबाट पर्यटन उद्योगले पुनर्जीवन पाउने भन्दै ढोका खुलेको संज्ञा दिएको छ ।

विश्व पर्यटन दिवस २०२१ को अवसरमा विज्ञप्ति जारी गर्दै हानले सरकारका नीतिहरु निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिषा उपलब्ध गराउने, नाका खोल्ने, क्वारेन्टिन बस्नु नपर्ने जस्ता कार्यबाट आम होटल व्यवसायी उत्साहित भएको जनाएको छ ।

यसबाट सम्पूर्ण सेवाहरु बजारमा बढ्ने मागका आधारमा सञ्चालनमा ल्याउने प्रतिबद्धता पनि हानले गरेको छ । पर्यटकलाई सेवा सुविधा उपलब्ध गराउन सम्पूर्ण पर्यटन व्यवसायी पर्यटनका लागि एक स्वर गरी अगाडि बढ्ने पनि प्रतिवद्धता जनाइएको छ ।

“यसबाट मुलुकमा पर्यटन सम्भावनाको ढोका खुलेको हामीले महसुस गरेका छौं, साथै विदेशबाट खोपको पूर्ण मात्रा पुरा गरी भ्रमणमा आउने पाहुनाहरुलाई खोपको मात्रा पूरा भएका हाम्रा करिब ९५ प्रतिशत भन्दा बढी अग्रपंक्तिमा रही खटिने कार्मचारी तथा कामदारहरुबाट सेवा सुविधा उपलब्ध हुने र यसबाट संक्रमण पनि न्यून हुने हामीले ठानेका छौं,” विज्ञप्तिमा भनिएको छ ।

मुुलुकमा अहिले पहिलो वा दोस्रो गरी करिब ४० प्रतिशत भन्दा माथि नेपाली नागरिकहरुले कोभिडविरुद्धको खोप लगाइसकेको हुँदा अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई रेड जोनबाट हटाउन सरकारी तवरबाट यथाशक्य पहल गरिनु अति आवश्यक रहेको हानको भनाइ छ ।

सरकारबाट जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्था सम्बन्धी आदेश २०७८को शिघ्र पूर्ण रुपमा कार्यान्वयन हुन र कतिपय द्विविधा भएका विषयहरुमा समेत थप स्पष्ट हुने गरी सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि अविलम्ब लागू गरी पर्यटन पुनरुत्थानको लागि सहजिकरण गर्न पनि अनुरोध गरेको छ ।

प्रकाशित : १० आश्विन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह