Logo

बिजनेस होम

दशैं तिहारको अवसरमा रेनोले ल्यायो ‘शुभ कार–रम्भ’ अफर


GDP नेपाल
   १० आश्विन २०७८, आइतबार


काठमाडौं ।

नेपालमा रेनो गाडीहरुको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले विशेष चाड योजना “रेनो शुभ कार.–रम्भ” को शुरुवात गरेको छ । ट्यागलाइन “चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथँसँगै यो योजना दशैं–तिहारको अवसरमा विभिन्न अफरका साथ आएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार रेनो गाडीको खरिदमा ग्राहकहरुले नगद रु ३ लाख सम्मको कुल फाइदा प्राप्त गर्न सक्ने छन् । ग्राहकहरु यस योजना अन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निः शुल्क सडक कर, २ वर्षको लागी निः शुल्क सर्भिसिंग र ५ बर्ष सम्म वारेन्टी जस्ता सेवाहरुबाट लाभान्वित हुनेछन् । यी आकर्षक अफरहरु ग्राहकको खुशीका महत्वपूर्ण पलहरु हुने छन् किनकि यसले एकातिर ग्राहकहरुलाई उत्कृष्ट लाभ प्रदान गर्दछन् भने अर्कातिर ग्राहकहरुले आफ्ना हरेक दिनलाई नयाँ रेनो कारहरुका साथ अद्भुत बनाउन सक्दछन् । यो उत्सवको मौसममा रेनो कारको खरिदका साथ ग्राहकहरुले आनन्द प्राप्त गर्न सक्नुहुनेछ र सदा समृद्धि सँंग आफ्नो जीवन शैलीलाई सजाउन सक्नुहुनेछ ।

यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध रहनेछ ।

प्रकाशित : १० आश्विन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह