Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंकका ग्राहकहरुलाई एभरेष्ट होटेलमा विशेष छुट


GDP नेपाल
   ११ आश्विन २०७८, सोमबार


काठमाडौँ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुले काठमाण्डौको बानेश्वरस्थित द एभरेष्ट होटेलमा सेवा सुविधा लिँदा विशेष छुट पाउने भएका छन्।

सिटिजन्स बैंक र द एभरेष्ट होटेलबीच बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले द एभरेष्ट होटेलको सेवासुविधामा विशेष छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा एटीएम र १११ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब साढे १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

प्रकाशित : ११ आश्विन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह