Logo

बिजनेस होम

तेस्रो लहर आए पनि पुरानो मेडिकल कलेज तयारी अवस्थामा छ : डा. प्रधान (भिडियोसहित)


GDP नेपाल
   ११ आश्विन २०७८, सोमबार


चितवन ।

कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेजका) आवासीय निर्देशक डा. मनोहर प्रधानले कोभिड १९ को तेस्रो लहर आए पनि आफूहरु तयारी अवस्थामा रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो “तेस्रो लहरमा बच्चामा बढी प्रभाव पार्छ कि भन्ने छ । हामी त्यही अनुसार तयरीमा छौं ।”

उहाँले विकसित मुलुकहरुले विकास गरेको र विश्व स्वास्थ्य संगठनले तयार गरेको प्रोटोकल र स्वास्थ्य मन्त्रालयले दिएको गाईडलाईन अनुसार नै हामीहरुले कोभिडको उपचार गर्दै आएको बताउनुभयो । अस्पतालमा प्लाज्माथेरापीदेखि, एन्टिवायोटिक र अन्य औषधिहरु पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै गर्दै आएका बताउँदै उहाँले भन्नुभयो “कोभिड महामारीको समयमा नियमित रुपमा अन्तर्राष्ट्रिय विज्ञहरुसँग छलफल गर्दै उनीहरुको सल्लाह बमोजिम नै बिरामीको उपचार गर्दै जाँदा हामीलाई धेरै नै सफलता मिल्यो । हामीले जटिल अवस्थामा आएका बिरामीलाई पनि निको पार्न सफल भयौं ।”

कोभिडको पहिलो लहरसँगै बिरामीको नजिक जान डराउने अवस्था रहेको स्मरण गर्दै उहाँले अगाडि थप्नुभयो “हामीले पहिलो चरणका कोभिड र ननकोभिड छुट्याएर उपचार शुरु गर्‍यौँ । काम गर्ने चिकित्सक, नर्स लगायतलाई पनि सुरक्षा प्रत्याभूति दिलाउँदै उनीहरुको मनोबल उच्च राख्दै उपचारमा लाग्यौं । स्वास्थ्यकर्मीहरुलाई पनि कोभिड र ननकोभिड छुट्याएर काम गरायौं । १५/१५ दिनको पालो मिलाएर काम गर्ने वातावरण तयार गरेका थियौं ।”

कोभिडको लक्ष्ण नै नभएका तर पोजेटिभ बिरामी पनि अस्पताल आउने गरेको भन्दै उहाँले भन्नुभयो “हामीले कोभिड परीक्षण गरेर कोभिड र ननकोभिड छुट्याएर उपचार गरेका थियौं । यसले अस्पतालबाट अरुलाई फैलिन पाएन् ।”

कोभिडको उपचारमा प्रयोग हुने औषधि समय समयमा अभाव भएको भन्दै डा. प्रधानले अभाव हुँदा काठमाण्डौं र भारतबाट समेत आफैले खरिद गरी ल्याएर बिरामीलाई सेवा दिएको बताउनुभयो ।

अस्पतालको आफ्नै अक्सिजन उद्योग भएका कारण कहिल्यै अक्सिजनको अभाव हुने र बेड नपाउने स्थिति नआएको प्रधानको भनाई छ । “देशका विभिन्न भागमा अक्सिजन र वेड अभाव भईरहँदा पनि चितवनमा यो अवस्था आएन । हामीले अरु अस्पतालहरुलाई समेत अक्सिजन दियौं ।”

जिल्लाका मात्रै होइन, काठमाण्डौं लगायत पश्चिम नेपालबाट समेत यहाँ कोभिड उपचारका लागि आएको बताउँदै उहाँले भन्नुभयो “कतिपय हेलिकप्टरमा समेत यहाँ आएर उपचार गरी निको भएर फर्किनु भयो । कोभिडको समयमा चितवनमा जुन खालको उपचार भयो, त्यसले यहाँको उपचार सेवाको विश्वसनीयता बढाएको छ ।”

दोस्रो लहरमा हामी अभ्यस्त भईसकेकोले उपचार गर्न झनै सजिलो हुँदै आएको डा. प्रधानको अनुभव छ ।

पछिल्लो समय एक गर्भवती महिलामा कोभिड देखिएको उनको सफलतापूर्वक डेलिभरी गराएको उहाँले जानकारी दिनुभयो । ती महिलाको अहिले बच्चा र आमाको स्वास्थ्य राम्रो हुँदै गएको छ ।

अहिले एक वर्ष मुनिका बच्चामा पनि कोभिड देखिएको डा. प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो “तेस्रो लहरमा बच्चालाई बढी प्रभावित पार्छ भनिरहँदा कतै त्यस्तो हो कि भन्नेमा पनि हामीले अध्ययन गरिरहेका छौं । त्यही सोचका साथ तयारी अवस्थामा पनि छौं ।”

प्रकाशित : ११ आश्विन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह