Logo

Banner-news

विश्व बैंकका उपाध्यक्षको नेपाल भ्रमण : हरित, उत्थानशील तथा समावेशी विकासमा जोड


GDP नेपाल
   ११ आश्विन २०७८, सोमबार


काठमाडौँ ।

कोभिड-१९ महामारीबाट उत्थानशील पुनर्लाभ प्राप्त गर्नका लागि नेपाललाई सघाउने प्रतिवद्धता दोहोर्‍याउँदै नेपाल भ्रमणका लागि आएका दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफरको पाँच दिने भ्रमण सम्पन्न भएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवा तथा अर्थमन्त्री जनार्दन शर्मासँगको भेटघाटमा सेफरले नेपालमा कोभिड-१९ खोपको तिव्र विस्तार तथा आर्थिक पुनुरूत्थानमा जोडसहितको कोभिड प्रतिकार्यको सराहना गरेका छन् । उक्त बैठकहमा उनले सुधार कार्यान्वयन तथा द्रुत लगानी र नेपालको दिगो विकासका लागि उच्च सहकार्यको महत्वलाई समेत जोड दिएका थिए ।

“२०७२ सालको भुकम्प लगायतका विविध आघातहरूबाट थप सशक्तरूपमा माथी उठेको र कोभिड-१९ महामारीबाट पनि थप सबल पुनर्निर्माणका लागि एउटा स्पष्ट नीति सहित काम गरिरहेको नेपाल वास्तवमै उत्थानशीलताको एउटा बलियो दृष्टान्त हो ।” सेफरले भने “विकासका लागि नेपालको साझेदार हुनुमा विश्व बैंक गर्व गर्छ र नेपालको हरित, उत्थानशील र समावेशी पुनुरूत्थानका लागि हामी सरकार, विकास साझेदारहरु, निजी क्षेत्र, नागरिक समाज, र अन्य प्रमुख सरोकारवालाहरु मिलेर काम गर्न प्रतिवद्ध छौं ।”

नेपालको हरित, उत्थानशील र समावेशी विकास (GRID) सम्बन्धी गत असोज सात गते आयोजना गरिएको उच्च स्तरीय सम्मेलनको अवसरमा जारी गरिएको काठमाडौं घोषणापत्रमा हस्ताक्षर गर्न विश्व बैंक, नेपाल सरकार र विकास साझेदारहरुको साथमा सहभागी भएको थियो । उक्त घोषणापत्रले ग्रिड भिजन प्रतिको नेपाल सरकारको प्रतिवद्धतालाई उजागर गर्दै सम्भावित प्राथमिकता लगानी, बजार प्रोत्साहन र नीतिहरु, संस्थागत कार्य लगायतका क्षेत्रहरू तथा ग्रिडतर्फको नेपालको यात्राका लागि आवश्यक सूचनाहरूसहित साझेदारहरूको सहयोगलाई एकतावद्ध गरेको छ ।

“विकासको एक नयाँ आयाम तर्फ लम्केकोमा म नेपालको प्रसंशा गर्न चाहन्छु -त्यो नयाँ आयाम नेपालको हरित, उत्थानशील र समावेशी विकासको खाका अर्थात ग्रिड (GRID) हो । ग्रिड अवधारणाले जनता, पृथ्वि र नेपालको अर्थव्यवश्थाका लागि छोटो, मध्यम, तथा दीर्घकालीन रूपमा फाइदा प्रदान गर्नेछ ।” सेफरले भने “नेपालको दिगो विकासलाई सुदृढिकरण गर्नका लागि काठमान्डौं घोषणापत्रमा समर्थन र सहयोग गर्न पाउँदा विश्व बैंक निकै हर्षित छ ।”

प्रादेशिक मुख्यमन्त्री, मेयर र निजी क्षेत्रका प्रतिनिधिहरु सँग पनि सेफरले भेटघाट गरेका थिए । उनले प्रस्तावित माथिल्लो अरूण जलविद्युत आयोजना निर्माणस्थल तथा प्रदेश नं १ मा ढल्केबर सबस्टेसनको भ्रमण तथा अवलोकन गरेका थिए । विश्व बैंकले प्रस्तावित माथिल्लो अरूण जलविद्युत आयोजनाको विकासका लागि तथा नेपाल-भारत उच्च भोल्युमको सिमापार विद्युत व्यापारलाई सहजीकरण गर्नका लागि नेपालकै सबैभन्दा ठूलो ढल्केबर सबस्टेशनको लागि सम्भाव्यता अध्ययन (feasibility study) कार्यमा सहयोग गरिरहेको छ ।

भ्रमणको अन्त्यमा सेफरले Fédération Internationale de l’Automobile (FIA) तथा नेपाल अटोमोबाइल स्पोर्टस् असोशिएसनको साझेदारीमा सडक सुरक्षामा सचेतना बढाउने हेतुले आयोजित एक विशेष कार्यक्रममा भाग लिएका थिए। उक्त कार्यक्रमले राष्ट्रसंघ द्वारा स्विकृत (UN-standard) हेलमेट प्रयोगका लागि पैरवी गरेको थियो । यी हेलमेटहरू दुईपांग्रे सवारी चालकहरूकालागि प्रमाणित तथा किफायती छन् । भौतिक पूर्वाधार र यातायात मन्त्रालयको साझेदारीमा हाल चलिरहेको सडक सुरक्षा अभियानको एक अंशको रूपमा सो कार्यक्रमको आयोजना गरीएको थियो।

प्रकाशित : ११ आश्विन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह