Logo

बैंक / बिमा /शेयर

‘आइएमई पे’ को दसैँ झट्का, हवाई टिकट खरिदमा ५० प्रतिशत क्यासव्याक


GDP नेपाल
   ११ आश्विन २०७८, सोमबार


काठमाडौँ ।

आइएमई ग्रुपले सञ्चालन गरेको आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ को दसैँको झट्का स्कीम सार्वजनिक भएको छ । यस स्किम अन्तर्गत आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५०% सम्म क्यासब्याकको ब्यवस्था रहेको छ ।

कम्पनीका अनुसार क्यासव्याकको सीमा रु. २००० सम्मको रहेको छ भने यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइने छ । यो अफर असोज ११ देखि १४ गते सम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु हुने कम्पनीले जनाएको छ ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास नाहाटाले हवाई टिकट ‘आइएमई प’े को भुक्तानी सेवासंगै तीन दिनको लागि ५०% क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताउका छन् ।

यो स्किम आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा सार्वजनिक गरिएको हो । यो स्किमका लागि केही नियम र सर्तहरु लागु हुने बताइएको छ । कम्पनीका अनुसार सबै प्रयोगकर्ताहरुले आइएमई पे को माध्यमबाट हवाई टिकट खरीद गरेको २४ घण्टा भित्र क्यासब्याक प्राप्त गर्नेछन् । त्यस्तै, यो स्किममा आईएमई पे पंजीकृत मोबाइल नम्बर मात्र सहभागिताको लागि योग्य रहेने बताइएको छ ।

प्रकाशित : ११ आश्विन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह