Logo

बैंक / बिमा /शेयर

सानिमा बैंककाे १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   १२ आश्विन २०७८, मंगलबार


काठमाडौँ ।

सानिमा बैंक लिमिटेडले १२ हजार ७ सय ५१ कित्ता संस्थापक समूहकाे सेयरहरू बिक्री गर्ने भएकाे छ । बैंककी संस्थापक शेयरधनी धर्मकला थपलियाले आफ्नाे नाममा रहेकाे उक्त सेयरहरू बिक्री गर्न निवेदन पेश गरेकी हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेकाे हाे । 

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, नक्साल, काठमाडाैँमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएकाे छ । 

प्रकाशित : १२ आश्विन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह