Logo

कर्पोरेट-बजार

वाइडबडीको पहिलो उडान आज, काठमाडौं–दोहाको दुईतर्फी भाडा १८ हजार


appharu
   १६ श्रावण २०७५, बुधबार


काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी एयरबस ए३३०–२०० जहाजले आज कतारको दोहामा पहिलो व्यावसायिक उडान गर्दैछ ।

निगमले १ महिना पहिलो भित्र्याएको अन्नपूर्ण जहाजमार्फत सेवाग्राहीलाई निकै सस्तो दरमा दोहा उडानको अफरसमेत ल्याएको छ । जसअन्तर्गत एकतर्फी टिकेटको ११ हजार तथा दुईतर्फी भाडा १८ हजार निर्धारण गरेको छ ।

अन्नपूर्ण जहाजले नेपाल नागरिक उड्ययन प्राधिकरणबाटसञ्चालन अनुमतिपत्र (एओसी) पाएसँगै अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निगमको जहाज १ महिनादेखि उड्न नसकेको भन्दै चासो राखेपछि एओसी पाएको तीन दिनमै जहाजको व्यावसायिक उडान सुरु गरिएको हो ।

गत असार १४ गते काठमाडौं अवतरण भएको निगमको यो जहाजमा २ सय ७४ सिट रहेका छन् ।
निगमले यस रुटमा बिजनेस क्लासमा यात्रा गर्नेलाई ५५ किलो र इकोनोमी क्लासमा यात्रा गर्नेलाई ४५ किलोसम्मको लगेज सुविधा पनि दिएको छ ।

प्रकाशित : १६ श्रावण २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह