Logo

बैंक / बिमा /शेयर

सामसुङको सामान खरिद गर्न शुन्य प्रतिशत ब्याजदरमा बैंक अफ काठमाण्डूको सरल किस्ताबन्दी


GDP नेपाल
   १३ आश्विन २०७८, बुधबार


काठमाडौँ ।

नेपालीहरुको आउदैं गरेको चाडपर्वहरु दशैं, तिहार, नेपाल संवत् तथा छठलाई लक्षित गरी बैंक अफ काठमाण्डू लिमिटेडको क्रेडिट कार्ड बाहकहरुले शुन्य प्रतिशत ब्याजदरको सुबिधामा सामसुङ कम्पनीको Smartphone, Smart Watch हरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्ने छन् । 

 

पर्वको बहार, द्यइप् को उपहार भन्ने मुलनाराको साथ ल्याएको यस सरल किस्ताबन्दी योजनामा क्रेडिट कार्डबाहक महानुभावहरुले सजिलो संग सामसुङ ब्राण्डका Smartphone, Smart Watch andTablets हरु बैँकको क्रेडिट कार्ड प्रयोग गरी किस्ताबन्दी योजनामा खरिद गर्न सक्नेछन् । 

 

बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रा. लि. बीच बैंक क्रेडिट कार्डबाहकहरुलाई सामसुङको Smartphone, Smart Watch and Tablets हरु सरल किस्ताबन्दीमा उपलब्ध गराउने सम्झौता भएको हो ।

यस योजनाको लागि ग्राहक महानुभावहरुले बैंकको क्रेडिट कार्ड लिनको लागि अनलाइनको माध्यमबाट पनि आवेदन दिन सक्नुहुनेछ । यस सरल किस्ताबन्दी योजनामा ग्राहक महानुभावहरुले शुन्य प्रतिशत ब्याजदरकोे सुबिधा, बिओके क्रेडिट कार्ड जारी गर्दा कुनै शुल्क नलाग्ने, कुनै अतिरिक्त सेवा शुल्क नलाग्ने आदि जस्ता सुबिधाहरु पाउने छन् । 

नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रा. लि.काठमाण्डौंमा ६ स्थान सहित पोखरा, बुटवल तथा धनगढीमा गरी नेपालभर ९ वटा आधिकारिक शोरुमहरु रहेको छ ।
 
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

प्रकाशित : १३ आश्विन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह