Logo

बिजनेस होम

जेम्स इन्स्टिच्युटद्वारा ‘गेटिङ स्टार्टेड विथ डिजिटल मार्केटिङ’ विषयको वेबिनार आयोजना


GDP नेपाल
   १३ आश्विन २०७८, बुधबार


काठमाडौँ ।

डिजिटल मार्केटिङ कोर्सको विषयमा विस्तृत जानकारी गराउने उद्देश्यले जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसनले ‘गेटिङ स्टार्टेड विथ डिजिटल मार्केटिङ’ विषयको वेबिनार कार्यक्रम आयोजना गरेको छ ।

सो कार्यक्रममा डिजिटल मार्केटिङ विषयमा छोटो अवधिको कोर्समा दर्ता गर्न खोज्ने उम्मेदवारहरूको सहभागिता रहेको थियो । यो कोर्स डिजिटल मार्केटिङ इन्स्टिच्युसन आयल्र्यान्डसँगको साझेदारीमा जेम्स जिआइएचईले नेपालमा पहिलो पटक सञ्चालन गरेको हो । उक्त कार्यक्रममा डिजिटल माकेर्टिङ कोर्सका अनुमोदन प्रदायक साझेदार डा. एलेक्स टियरनी र वैश्विक साझेदार अकाउन्ट प्रबन्धक लियम सेल प्रमुख वक्ताका रुपमा हुनुहुन्थ्यो ।

कार्यक्रममा पर्याप्त मात्रामा उपस्थित सहभागीहरूले उक्त कोर्सको सञ्चालन, प्रमाणीकरण र परिणामसँग सम्बद्ध विविध प्रश्नहरू गरेका थिए । सबै प्रश्नको उत्तर वक्ताँहरूले दिनुभएको थियो ।

डिजिटल मार्केटिङ व्यावसायिक कोर्स तीन महिनाको कोर्स हो । यो प्रत्यक्ष अन्तक्र्रियाका साथै अनलाइन सिकाइका माध्यमबाट पनि सञ्चालन गर्न सकिने सिपमूलक कोर्स हो । डिएमआई स्वयम्ले नै प्रमाणीकरण गर्ने भएकाले यस कोर्सले विश्वव्यापी मान्यता प्राप्त गरेको छ । डिजिटल करियरको विकास गर्ने, यस सम्बन्धी शिक्षालाई अभिवृद्धि गर्ने र व्यावसायिक सिप विकास गर्ने उद्देश्यले डीएमआईद्वारा सञ्चालन गरिएको यो कोर्स डिजिटल मार्केटिङ कोर्सहरूमा विश्वकै अग्रणी कोर्स हो ।

यस कोर्सका ८ ओटा गौण व्यावसायिक सिपका साथै १० ओटा प्रमुख मोड्युल रहेका छन् । यो कोर्स डिजिटल मार्केटिङका लागि सक्षम व्यवसायी उत्पादन गर्ने उद्देश्यले तयार पारिएको हो । माध्यमिक, स्नातक र स्नातकोत्तर उत्तीर्ण सबै तहका विद्यार्थीका साथै मार्केटिङ प्रबन्धक, कार्यकारी, साना व्यवसायी, उद्यमी र डिजिटल मार्केटिङ क्षेत्रमा काम गर्न चाहने सबैका लागि व्यावसायिक सिप अभिवृद्धिका दृष्टिले यो कोर्स निकै आवश्यक र उपयोगी छ ।

जिआइएचईले हाल पहिलो समूहको लागि भर्ना लिइरहेको छ ।

प्रकाशित : १३ आश्विन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह