काठमाडौँ ।
यस वर्षको लिडिङ्ग पार्टनर बैंकको उपाधि लक्ष्मी बैंकले पाएको छ । एसियन डेभेलपमेन्ट बैंकको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजना अन्तर्गत एडिबीसँगको सहकार्यमा सबै भन्दा बढी कारोबार गर्ने लक्ष्मी बैंकले सो उपाधि पाएको हो ।
एडिबीले अघिल्लो वर्ष पनि यो उपाधि लक्ष्मी बैंकलाई नै प्रदान गरेको थियो । एडिबीले सो उपाधिहरु जुलाई १, २०२० देखी जुन ३०, २०२१ को अवधी भर गरिएको विभिन्न सहकार्यको आधरमा प्रदान गरेको हो । सोही अवधिमा लक्ष्मी बैंकले बिभिन्न साना, मझ्यौला तथा ठुला संस्थाहरुसँग कारोबार गरी सबै भन्दा सकृय साझेदार बैंकको रूपमा प्रस्तुत भएको छ ।
प्रतिक्रिया