Logo

राजनीति

हवाई उडान सुचारु गर्न भारतलाई तालिबानको आग्रह


GDP नेपाल
   १४ आश्विन २०७८, बिहिबार


नयाँ दिल्ली ।

अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ ।तालिबान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरु सुचारु गरिदिन आग्रह गरेका हुन् ।

यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो । तर अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिबानले सत्ता हत्याएपछि गएको अगष्ट १५ पछि भारतले ती सबै उडानहरु बन्द गरेको थियो । तालिबानहरुले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अरु देशहरुले पनि यसरी हवाई उडानहरु रोकेका थिए । तर पाकिस्तानले भने केही दिन अघिदेखि इस्लामावाद काबुल उडानलाई पुनः सञ्चालनमा ल्याएको छ ।

भारतजस्तै अरु कतिपय देशहरुले अहिले पनि उडान पुनः सञ्चालनमा ल्याएका छैनन् ।

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह