Logo

बिजनेस होम

कांग्रेस निकट उपकुलपतिहरु हटाउने तयारी, कोइराला विरुद्ध छानबिन समिति !


appharu
   १७ श्रावण २०७५, बिहिबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सबै विश्वविद्यालयमा पार्टीनिकट प्राध्यापकहरुलाई मात्रै नियुक्ति दिनेगरी पूर्ववर्ती सरकारले नियुक्त गरेका उपकुलपतिहरु हटाउने प्रक्रिया प्रारम्भ गरेको छ ।

सरकारले पहिलो चरणमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपछि प्रा. डा. कुलप्रसाद कोइरालालाई हटाउने प्रक्रिया सुरु गरिसकेको छ भने त्यसलगत्तै देशकै सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. तीर्थराज खनियाँलाई हटाउने तयारीमा सरकार छ ।

कोइरालालाई हटाउने औपचारिकता पूरा गर्न सत्तारुढ नेकपाका कार्यकर्तासमेत रहेका प्रा. राममान श्रेष्ठको अध्यक्षतामा छानबिन समिति गठन भइसकेको छ ।

यस्तै, चिकित्सा शिक्षा सुधारका लागि प्रा. डा. गोविन्द केसीसँगको सहमतिमा टेकेर पूर्व न्यायाधीश गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्न भन्दै त्रिविका खनियाँलाई हटाउने तयारी सरकारको छ । प्रतिवेदनका अन्य बुँदा कार्यान्वयनमा सकेसम्म बिलम्ब गर्ने तर खनियाँलाई भने तत्कालै हटाउने सरकारको रणनीति छ ।

संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कोइरालालमाथि स्वीकृति नलिई विदेश जान लागेको आरोपमा छानबिन समिति गठन गरिएको छ । संस्कृत सम्मेलनमा क्यानडा जान लाग्दा विमानस्थलबाटै अपहरणको शैलीमा फर्काएर बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बन्दी बनाइएका कोइरालामाथि प्रतिशोधपूर्ण कारबाही अघि बढाइएको जानकारहरु बताउँछन् ।

कोइरालामाथि रातारात आफ्नै कार्यकर्तालाई उजुरी हाल्न लगाएर आर्थिक अनियमितताको आरोपसमेत लगाइएको छ । कारबाहीका लागि गठित चार सदस्यीय समितिमा प्रा.डा. राममान श्रेष्ठको संयोजक तथा ल क्याम्पसका प्रा.डा लक्ष्मीप्रसाद मैनाली, विश्वविद्यालय अनुदान आयोगका डा विकास अधिकारी र शिक्षा मन्त्रालयका सहसचिव देवकुमारी गुरागाईं सदस्य छन् ।

कोइरालामाथि छानबिन गर्दै हटाउन प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको निर्देशनमा सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यस्तो समिति गठन गरेका हुन् ।

प्रकाशित : १७ श्रावण २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह