काठमाडौँ ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । बिहिबार बसेको संचालक समितिकोे बैठकले सोही मितिदेखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृतमा शर्मालाई नियुक्ति गरेको छ ।
संस्थाको केन्द्रिय कार्यालय बनेपामा भएको कार्यक्रममा संचालक समितिका अध्यक्ष जगत बहादुर पोखरेलले नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्मालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्माले ग्रामिण विकासमा स्नातकोत्तर हासिल गरेका छन् र बैंक तथा वित्तीय संस्थामा १७ वर्षको कार्यानुभव रहेको छ । निर्धन उत्थान बैंक लि.बाट शाखा प्रमुखको रुपमा कार्य शुरु गरेका शर्माले मिर्मिरे लघुवित्त, सनराईज बैंक, एन आई सि एसिया बैंक लिमिटेडमा विभिन्न विभागका साथै एन.आई.सि एसिया बैंकको सहायक कम्पनी एन आई एशिया लघुवित्तमा स्थापनाकाल देखी प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रही कार्य गरि छोटो समयमा संस्थालाई उचाईमा पुर्याएको अनुभव छ । शर्माले आक्रामक व्यवसाय विस्तार र गुणस्तर व्यवस्थापनमा बिशेष दख्खल रहेको छ ।
पदभार ग्रहण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष पोखरेलले शर्माको कार्यकालमा संस्थाले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै, निर्वतमान प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले संस्थाको वृद्घी विकासमा सदैव आफुले सहयोग रहने कुरा व्यक्त गरेका छन् ।
हाल संस्थाले ७ प्रदेश ५२ जिल्ला १३७ वटा शाखा कार्यालय मार्फत ८७००० सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको छ । संस्थाले ४८००० क्रृणी मार्फत ४ अर्व ७८ करोड कर्जा लगानि र १ अर्व ३६ करोड निक्षेप संकलन गरेको छ ।
प्रतिक्रिया